झापामा ११० जनामा डेंगुकाे संक्रमण
झापा : जिल्लामा गत वर्षको तुलनामा डेंगुका बिरामीका संख्या घटेको पाइएको छ।
झापाका ६ वटा स्थानीय तहका विभिन्न अस्पतालमा शकांस्पद ४८१ जनामा परीक्षण गर्दा ११० जनामा डुंगुकाे संक्रमण देखा परेको छ।
झापाको दमक नगरपालिकामा २०, बिर्तामोडमा ३३, मेचीनगरमा ४०, अर्जुनधारामा ६, भद्रपुरमा १० र कमल गाउँपालिकामा एक जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जनस्वास्थय निरीक्षक कुलबहादुर पौडेलले जानकारी दिए।
गतवर्ष झापामा ५३५ जनामा डंगुको संक्रमण देखिएको र एक जनाको मृत्यु भएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?