डोटीमा पहिलोपटक डिजिटल एक्सरे मेसिन, जडान गर्न प्राविधिक छैनन्

डोटी : जिल्ला अस्पताल डोटीमा डिजिटल एक्सरे मेसिन आएको छ। डिजिटल एक्सरे मेसिनका सम्पूर्ण सरसामान तथा पाटपुर्जा आइसकेको जिल्ला अस्पताल डोटीका मेसु डा.भूषण मिश्रले जानकारी दिए। जडान गर्न प्राविधिक भने आउन बाँकी रहेकाे बताइएकाे छ।
नयाँ तथा पहिलो पटक आएको उक्त डिजिटल एक्सरे मेसिन जडान गर्न आवश्यक पर्ने बायोमेडिकल इन्जिनियर प्रदेश सरकारले चाँडै पठाउने जानकारी आएको जिल्ला अस्पताल डोटीले जनाएको छ।
अस्पतालमा भएको सादा एक्सरे मेसिन पनि बिग्रिएपछि सुदूरपश्चिम प्रदेश सरकारले उक्त डिजिटल एक्सरे मेसिन डोटी अस्पतालमा पठाएको हो।
जिल्ला अस्पतालमा यसअघि एक्सरे मेसिन बिग्रिएका कारण स्थानीय बासिन्दा दिपायल तथा जिल्ला बाहिर जान बाध्य थिए।
जिल्ला अस्पताल डोटीमा सेवा थपिदै आएपनि अस्पतालमा सरकारी दरबन्दी अनुसार चिकित्सक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ।
बिरामी पत्रकारलाई आर्थिक सहयोग
बालुवाटार पुगी उपराष्ट्रपतिले लिए प्रधानमन्त्रीकाे स्वास्थ्यबारे जानकारी
स्वास्थ्य स्वयंसेविकालाई सम्मान
‘महिलालाई सम्मानजनक प्रसूति गराउने दक्ष स्वास्थ्यकर्मी हुन् मिडवाइफ’
‘सन्ततिका लागि जलवायु परिवर्तन समस्या हल गर’