‘चालू आर्थिक वर्षभित्र स्वास्थ्य बिमा देशभर’
काठमाडौं : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य बिमा ७७ जिल्लामा पुर्याउन लक्ष्य तथा कार्यक्रम बनाई अघि बढ्न बिमा समितिलाई निर्देशन दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित बिमा बोर्ड बैठकमा उपप्रधानमन्त्री यादवले सरकारको नीति तथा कार्यक्रम पनि यो आर्थिक वर्षभित्र बिमा सेवालाई देशभर पुर्याउने लक्ष्य रहेको बताए।
हालसम्म देशको ६ प्रतिशत नागरिकमा मात्र बिमाको पहुँच पुगेको भन्दै मन्त्री यादवले स्पष्ट कार्यक्रम बनाएर काममा तिव्रता दिन बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक तथा पदाधिकारीहरूलाइ निर्देशन दिए।
‘किन बिमा गराइरहेका छौँ त्यो पनि हेर्नुपर्छ र सेवा सुविधा दिने सरकारी अस्पताल कस्ता छन्, विचार पुर्याउन आवश्यक छ’, उनले भने।
स्वास्थ्य बिमा कार्यक्रम चलाउन निजी अस्पतालले पनि इच्छा राखेको भन्दै मन्त्री यादवले उनीहरूको सेवा सुविधा हेरेर बोर्डले निर्णय गर्नसक्ने बताए।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बिमा अभ्यास नेपालका लागि नयाँ अभ्यास भएको बताए। बैठकमा राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले संस्थाको विभिन्न क्षेत्रमा भएका काम कारवाहीबारे जानकारी गराए।
काठमाडौं महानगरका वडाहरुमा आजदेखि नि:शुल्क क्यान्सर परीक्षण शिविर
सिगरेटको विकल्प ई -सिगरेट होइन
‘स्ट्रोकको उपचारमा समय सबैभन्दा महत्वपूर्ण मानिन्छ’
वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम, छुट खोप पनि दिइने
शारीरिक गतिविधिले हुने फाइदाहरू