झापामा स्वास्थ्य बिमामा बढ्याे सर्वसाधारणको आकर्षण
झापा : जिल्लामा स्वास्थ्य बिमामा सर्वसाधारणको आकर्षण बढेको छ। मेची अञ्चल अस्पतालका मेसु डाक्टर पिताम्बर ठाकुरका अनुसार बिमा कार्यक्रम लागु भएपछि बिरामीको संख्या तीन गुणाले बढेको छ।
स्वास्थ्य बिमा बोर्डले जिल्लामा २०७४ असोज २५ देखि बिमा दर्ता अभियान शुरु गरेको थियो। दर्ता भएका बिमारीहरूले झापाका ६ वटा स्वास्थ्य चौकी, मेची अञ्चल अस्पताल र दमक अस्पतालबाट गत वर्षको मसिंर १ देखि बिमामार्फत सेवा लिन थालेका हुन्।
स्वास्थ्य बिमा गरेका सेवाग्राहीले यी अस्पतालमा विभिन्न टेस्ट तथा औषधिको शुल्कको रकम तिर्नुपर्दैन। बिमाको पुर्जामा लेखिएका एक हजार ११८ किसिमका औषधि अस्पतालबाट उपलब्ध गराइन्छ। एक बिरामीलाई एक पटकमा २०० देखि पाँच हजार रुपैयाँसम्मको औषधि दिने गरेको मेची अञ्चल अस्पतालका फर्मासिस्ट कृष्ण शर्मा बताउँछन्।
गत आर्थिक वर्ष ०७५\७६ मा मेची अञ्चल अस्पतालबाट सेवा लिएका एक लाख ६ हजार ५२८ जनामध्ये बिमा गरेका ५३ हजार ७७७ जना थिए। स्वास्थ्य बिमाका कारण उपचार राम्रो सेवा सुविधा पाएको बिरामीहरू बताउँछन्। बिरामीको चाप बढेपछि अस्पातलले पनि सेवा चुस्त दुरुस्त बनाउन थालेको छ।
स्वास्थ्य बिमा बोर्ड झापाले दिएको जानकारी अनुसार जिल्लामा मेची अस्पताल र दमक अस्पतालबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अहिले अन्य अस्पतालमा थपिँदैछ । झापामा अहिलेसम्म दुई लाख ५ हजार ३००जनाले स्वास्थ्य बिमा कार्ड बनाएका छन्। जिल्लाको बीएण्डसी, दृष्टि आँखा, कन्काई, लाइफलाइन, आम्दा, एडभान्स, ओम मेची र निम्स अस्पतालले पनि बिमा सेवा शुरु गरेका छन्।
स्वास्थ्य चौकीहरू बनियानी, धुलाबारी, शनिश्चरे, शिवगञ्ज, खजुरगाछीले पनि बिमा कार्डमार्फत सेवा दिर्दै आइरहेको स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी दिलीप पोखरेलले जानकारी दिए।
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी १९६ जना कार्यरत छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित