Health TV Online
Health TV Online

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ।

सेन्टरको पाँचौँ तल्लाबाट साेमबार साढे ७ बजेतिर आगलागी शुरु भएको हो। पाँचौँ तलामा लागेको आगोले अस्पतालको मेट्रोनको कार्यकक्ष र अन्य केही विभागमा क्षति पुगेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

आगो नेपाली सेना, प्रहरी तथा वारूण यन्त्र परिचालन गरी नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र, नेपाल प्रहरी र नेपाली सेनाका दमकल शिक्षण अस्पताल पुगेका थिए।

आगलागीबाट मानवीय क्षति भने नभएको अस्पतालले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार