स्वास्थ्य परीक्षण सकी प्रधानमन्त्री स्वदेश फर्किए
काठमाडौं : स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा स्वदेश फर्केका छन्। उनी सोमबार दिउँसो थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुगेका हुन्।
साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराएका थिए। गत शुक्रबार स्वदेश फर्किने कार्यक्रम तय भए पनि थप तीन दिन बसेर उनी सोमबार फर्किएका हुन्।
ओलीको स्वास्थ्य परीक्षण सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा भएको हो। १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि उनले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?