जिल्ला अस्पतालमा पहिलोपटक अक्सिजन प्लान्ट स्थापना
सिमकोट : हुम्ला जिल्ला अस्पतालमा पहिलोपटक अक्सिजन प्लान्ट स्थापना भएको छ। कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा अस्पतालमा प्लान्ट स्थापना भएको हो।
अक्सिजन प्लान्टको स्थापनासँगै ६ वटा बेडमा पाइपद्वारा जडान भएको र त्यसबाट बिरामीलाई अक्सिजन दिन सुरु गरिएको छ। डाक्टर सरु प्रजापतिका अनुसार १५ शय्याको अस्पतालमा आन्तरिक व्यवस्थापनमा ६ वटा शय्या थप गरिएको छ।
अक्सिजन प्लान्टबाट १२ देखि १४ वटा शय्यासम्म अक्सिजन पाइप मार्फत लैजान सकिने जनाइएको छ। अहिलेलाई भने ६ वटा शय्यामा मात्र अक्सिजन जडान गरिएको जनाइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?