Health TV Online
Health TV Online

जिल्ला अस्पतालमा पहिलोपटक अक्सिजन प्लान्ट स्थापना

जिल्ला अस्पतालमा पहिलोपटक अक्सिजन प्लान्ट स्थापना

सिमकोट : हुम्ला जिल्ला अस्पतालमा पहिलोपटक अक्सिजन प्लान्ट स्थापना भएको छ। कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा अस्पतालमा प्लान्ट स्थापना भएको हो।

अक्सिजन प्लान्टको स्थापनासँगै ६ वटा बेडमा पाइपद्वारा जडान भएको र त्यसबाट बिरामीलाई अक्सिजन दिन सुरु गरिएको छ। डाक्टर सरु प्रजापतिका अनुसार १५ शय्याको अस्पतालमा आन्तरिक व्यवस्थापनमा ६ वटा शय्या थप गरिएको छ।

अक्सिजन प्लान्टबाट १२ देखि १४ वटा शय्यासम्म अक्सिजन पाइप मार्फत लैजान सकिने जनाइएको छ। अहिलेलाई भने ६ वटा शय्यामा मात्र अक्सिजन जडान गरिएको जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार