ध्यान गर्दा हुन्छन् यी फाइदा
ध्यान गरेरै मनमा हुने धेरै प्रकारका अशान्तिबाट टाढा रहन सकिन्छ। ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर र चिन्ता हटाउन सकिन्छ। त्यस्तै धैर्यको विकास गर्न पनि ध्यान गर्न आवश्यक छ ।
शरीरमा राम्ररी रक्तसञ्चार गराउन ध्यानले भूमिका खेल्छ । जसबाट प्रत्येक कोषिकामा ऊर्जा उत्पन्न हुन्छ। नियमित गरिने ध्यानबाट रक्तचाप र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण हुन्छ । त्यस्तै, रोगप्रतिरोधी क्षमताको विकासका साथै घाउ, अनिद्रा र टाउको दुखाइबाट राहत पाइन्छ।
भावना बढाउने सेरोटोनिन हार्मोनको विकास पनि ध्यानबाट प्राप्त हुन्छ। जसबाट व्यक्तिको भावदशा र व्यवहारमा सुधार आउँछ।
भौतिक जीवनबाट हुने हरेक किसिमको तनाव ध्यानको माध्यमले सजिलै व्यवस्थापन गर्न सकिन्छ। यसका कारण स्वास्थ्य समस्या समेत दूर हुन्छन्। ध्यान गर्दा मस्तिष्क एकाग्र गरिने हुनाले निराशा, व्याकुलता र इर्स्या हट्छ।
ध्यान गर्दा मानिसमा नकारात्मकता हट्छ। सकारात्मक सोच पलाउँछ। सकारात्मक सोचले मानिसको व्यक्तित्वमा परिवर्तन ल्याउँछ। मनबाट नकारात्मक सोच हट्नेबित्तिकै मानिसमा सिर्जनशीलता बढ्छ। जसले गर्दा मानिसको व्यवहारमा नम्रता आउँछ र उसले समाजमा राम्रो सम्बन्ध कायम राख्न सक्छ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त