Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेता सिंहको स्वास्थ्यमा सुधार

नेता सिंहको स्वास्थ्यमा सुधार

काठमाडौं : मेडिसिटी अस्पतालमा उपचाररत कांग्रेसका नेता प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार भएको छ। ६३ वर्षीय सिंह उच्च ज्वरो आएपछि एक साताअघि अस्पतालमा भर्ना भएका थिए।

आठ दिनको अस्पताल बसाइपछि स्वास्थ्यमा सुधार हुँदै गएको उनका सहयोगी यूपी लामिछानेले जानकारी दिए।

परीक्षणका क्रममा युरिन इन्फेक्सन र हाई सुगर भएको पत्ता लागेको थियो। उनलाई डा. मिमी गिरीको नेतृत्वको टोलीले उपचार गरिरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार