Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य परीक्षण सकी आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

स्वास्थ्य परीक्षण सकी आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

काठमाडौं : स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किँदै छन्। उनी दिउँसो साढे १२ बजे थाई एयरको विमानबाट काठमाडौं आइपुग्ने छन्।

साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराएका थिए। उनी गत शुक्रबार स्वदेश फर्किने कार्यक्रम तय भए पनि तीन दिन बसेर सोमबार फर्किन लागेकाे प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

ओलीको स्वास्थ्य परीक्षण सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा भएको हो। १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि उनले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।

प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोली सिंगापुर गएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार