Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगु महामारी नियन्त्रण बाहिर

डेंगु महामारी नियन्त्रण बाहिर

काठमाडौं : पछिल्लो पाँच वर्षमा नेपालमा डेंगु संक्रमणको दर बढ्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन्। डेंगुबारे जानकारी दिन आइतबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको पत्रकार सम्मेलनमा उनीहरुले डेंगु प्रत्येक वर्ष बढ्दै गइरहेको भन्दै चिन्ता ब्यक्त गरेका हुन्।

नेपालमा सन् २००४ मा पहिलोपटक एक जना विदेशीमा डेंगु फेला परेको थियो । त्यसपछि सन् २००६ मा चितवनका एक जना ब्यक्तिलाई डेंगु भएको थियो । त्यसयता डेंगु प्रत्येक वर्ष बढ्दै गएको पाइन्छ । आर्थिक वर्ष २०७० -७१ मा ३ सय २ जनामा देखिएको डेंगु संक्रमण गत आर्थिक वर्षको अन्त्य सम्ममा ३ हजार ४ सय २५ जनामा देखिएको छ ।  प्रदेश नम्बर १ मा सबै भन्दा बढी डेंगु संक्रमित पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेक कुमार लालले बताए । उनले भने, ‘अहिले सम्म बढी प्रदेश १ त्यो पनि सुनसरीमा देखिएको छ । सुनसरीमा मात्रै ३ हजार १ सय ५२ जनामा डेंगु फेला परेको छ ।’

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशिलनाथ प्याकुरेलले पछिल्लो समय डेंगु नियन्त्रण हुन नसक्नुको कारण संघ, प्रदेश र स्थानिय सरकाबिच तालमेल नहुनु रहेको बताए । उनले भने , ‘पहिले संघमै सबै अधिकार थियो सबै निर्णय छिटो हुन्थ्यो तर अहिले बजेट, अधिकार सबै स्थानीय लेबलमा गएको हामीेले सहयोग मागे मात्र गर्न सक्ने अवस्थामा छौं जसले गर्दा यसको नियन्त्रणमा समस्या आएको छ ।’

हाल सुनसरी, महोत्तरी, सर्लाही, चितवन, कास्की र रुपन्देहीमा डेंगुले महामारीकै रुप लिएको पनि निर्देशक लालले बताए । डेंगु गराउने लामखुट्टे सफा पानीमा बस्ने हुँदा आफना वरिपरी पानी जम्न नदिनु नै यसबाट बच्ने उत्तम उपाय भएको पनि उनको भनाई छ ।

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो लामखुट्टेले दिनमा मात्र टोक्ने गर्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार