Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एम्बुलेन्समा प्रहरीकाे निगरानी

एम्बुलेन्समा प्रहरीकाे निगरानी

विराटनगर : मोरङमा सञ्चालनमा रहेका एम्बुलेन्समा प्रहरीले निगरानी बढाउन थालेको छ। एम्बुलेन्समा चालकको लापरबाही बढेको पाइएपछि कडाइ गर्न थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए।

अधिकांश एम्बुलेन्सका चालकले मादक पदार्थ सेवन (मापसे) गर्ने गरेको गुनासो आएपछि निगरानी बढाएको उनको भनाइ छ। एक साताअघि आकस्मिक जाँचका क्रममा विराटनगरमा दुईवटा एम्बुलेन्सका चालकले मापसे गरेको पाइएको थियो।

मोरङमा एक सय ३८ वटा एम्बुलेन्स दर्ता भएर सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय मोरङको तथ्यांक छ। स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले मापसे गरेर एम्बुलेन्स चलाउने चालकलाई कारबाहीको दायरामा ल्याउने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार