Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

संसारकाे आधा जनसंख्या डेंगुको जोखिममा

संसारकाे आधा जनसंख्या डेंगुको जोखिममा

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका आधा जनसंख्या डेंगुको जोखिममा  छन्। जलवायु परिवर्तनका कारण लामखुट्टेलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहज हुँदा डेंगु फैलिने क्रममा छ।

सन् २०१८ को तथ्यांकअनुसार भारतमा एक लाख नागरिक डेंगुको संक्रमणबाट प्रभावित छन्। अमेरिकामा प्रतिवर्ष चार सय जना डेंगु संक्रमित हुने गरेका छन्।

श्रीलंकामा ५१ हजार ५९५, म्यानमारमा २३ हजार २ सय ७३ र इन्डोनेसियामा ५६ हजार ५८७ जनामा डेंगु संक्रमण भएको बताइन्छ ।

नेपालमा सन् २००४ मा पहिलोपटक देखिएको डेंगु परिवर्तनशील भइरहेकाे चिकित्सकहरू बताउँछन्। विगतमा तराईमा देखिने गरेको डेंगु पछिल्लो समय क्रमशः पहाड हुँदै हिमालतिर चढेको छ।

वैशाख ३० मा सुनसरीको धरानमा देखिएको डेंगु अझै नियन्त्रणबाहिर छ। तीन महिनामा धरानबाट मोरङको विराटनगर, झापा हुँदै ४९ जिल्लामा फैलिएको छ।

तराईका सुनसरी,सिरहा, सप्तरीदेखि, काठमाडौं उपत्यका र पहाडी जिल्ला अछाम, दार्चुलासम्म डेंगुका बिरामी भेटिएका छन् । महाशाखाका अनुसार ४९ जिल्लामा तीन हजार ४२५ डेंगुका बिरामी भेटिएका छन्। तर यसैकाे कारणले हालसम्म ज्यान भने कसैको गएको छैन ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार