संसारकाे आधा जनसंख्या डेंगुको जोखिममा
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका आधा जनसंख्या डेंगुको जोखिममा छन्। जलवायु परिवर्तनका कारण लामखुट्टेलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहज हुँदा डेंगु फैलिने क्रममा छ।
सन् २०१८ को तथ्यांकअनुसार भारतमा एक लाख नागरिक डेंगुको संक्रमणबाट प्रभावित छन्। अमेरिकामा प्रतिवर्ष चार सय जना डेंगु संक्रमित हुने गरेका छन्।
श्रीलंकामा ५१ हजार ५९५, म्यानमारमा २३ हजार २ सय ७३ र इन्डोनेसियामा ५६ हजार ५८७ जनामा डेंगु संक्रमण भएको बताइन्छ ।
नेपालमा सन् २००४ मा पहिलोपटक देखिएको डेंगु परिवर्तनशील भइरहेकाे चिकित्सकहरू बताउँछन्। विगतमा तराईमा देखिने गरेको डेंगु पछिल्लो समय क्रमशः पहाड हुँदै हिमालतिर चढेको छ।
वैशाख ३० मा सुनसरीको धरानमा देखिएको डेंगु अझै नियन्त्रणबाहिर छ। तीन महिनामा धरानबाट मोरङको विराटनगर, झापा हुँदै ४९ जिल्लामा फैलिएको छ।
तराईका सुनसरी,सिरहा, सप्तरीदेखि, काठमाडौं उपत्यका र पहाडी जिल्ला अछाम, दार्चुलासम्म डेंगुका बिरामी भेटिएका छन् । महाशाखाका अनुसार ४९ जिल्लामा तीन हजार ४२५ डेंगुका बिरामी भेटिएका छन्। तर यसैकाे कारणले हालसम्म ज्यान भने कसैको गएको छैन ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित