बालिकालाई गलत रगत चढाउने चिकित्सकसँग स्पष्टीकरण
काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गलत समूहको रगत चढाउँदा मृत्यु भएकी आकृति साहको उपचारमा संलग्न चिकित्सकसँग नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण मागेको छ।
सर्लाहीकी ५ वर्षीया आकृतिको मृत्यु पछि घटनाको छानविन गर्न गठित समितिले उनको मुटुको शल्यक्रियाको क्रममा गलत समूहको रगत चढाइएको पुष्टि भएको प्रतिवेदन काउन्सिललाई बुझाएको थियो।
आकृतिलाई गलत समूहको रगत चढाइएको भन्ने पुष्टि भएपछि काउन्सिलले उपचार गर्ने चिकित्सलाई सात दिन भित्र स्पष्टीकरण दिन पत्राचार गरेको काउन्सिल ‘इथिकल कमिटी’ले जनाएको छ।
वैशाख १७ गते गंगालाल अस्पतलमा ओपन हार्ट सर्जरी गर्ने क्रममा आकृतिलाई ‘ओ पोजेटिभ’ समूहको रगत दिनुपर्नेमा ‘ए पोजेटिभ’ रगत चढाइएको समितिले गरेको छानबिनबाट पुष्टि भएको थियो। आकृतिको ओपन हार्ट सर्जरी गरेको एक सातामै मृत्यु भएको थियो ।
आकृतिको उपचारको क्रममा मृत्यु भएकाे समाचार आएपछि नेपाल मेडिकल काउन्सिलले डा. भगवान कोइरालाको नेतृत्वमा छानविन समिति बनाएको थियो।
स्पष्टीकरण आएपछि घटनामा दोषी डाक्टरलाई कारबाहीको प्रक्रिया अघि बढाउने काउन्सिलले बताएकाे छ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण