Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य परीक्षणकाे रिपाेर्ट आएन, प्रधानमन्त्री भाेलि मात्र स्वदेश फर्किने

स्वास्थ्य परीक्षणकाे रिपाेर्ट आएन, प्रधानमन्त्री भाेलि मात्र स्वदेश फर्किने

काठमाडौं : स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने कार्यक्रम फेरि सरेको छ। सोमबार मात्रै स्वदेश फर्किने उनको निजी सचिवालयले जनाएको छ ।

स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकालाई प्रधानमन्त्रीको स्वदेश फिर्ती ढिलो भएको बताइएको छ। यसअघि शुक्रबार स्वदेश फर्किने तालिका रहेकोमा परीक्षण बाँकी रहेको भन्दै आइतबारका लागि सारिएको थियो।

आइतबार साँझसम्ममा रिपोर्ट आउने र भोलि फर्कने बताइए पनि फेरि सर्नसक्ने सम्भावना पनि रहेको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा भइरहेको छ। उनी यही १८ साउनमा त्यता गएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार