स्वास्थ्य परीक्षणकाे रिपाेर्ट आएन, प्रधानमन्त्री भाेलि मात्र स्वदेश फर्किने
काठमाडौं : स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने कार्यक्रम फेरि सरेको छ। सोमबार मात्रै स्वदेश फर्किने उनको निजी सचिवालयले जनाएको छ ।
स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकालाई प्रधानमन्त्रीको स्वदेश फिर्ती ढिलो भएको बताइएको छ। यसअघि शुक्रबार स्वदेश फर्किने तालिका रहेकोमा परीक्षण बाँकी रहेको भन्दै आइतबारका लागि सारिएको थियो।
आइतबार साँझसम्ममा रिपोर्ट आउने र भोलि फर्कने बताइए पनि फेरि सर्नसक्ने सम्भावना पनि रहेको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा भइरहेको छ। उनी यही १८ साउनमा त्यता गएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण