Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘चिकित्सककाे तलब अवैज्ञानिक र असमान’

‘चिकित्सककाे तलब अवैज्ञानिक र असमान’

काठमाडौं : नेपाल चिकित्सक संघले चिकित्सकहरूको तलबमान अन्तर्राष्ट्रिय मूल्य र मान्यताका आधारमा कायम हुनुपर्ने बताएको छ।

सरकारले यही साउन २२ गते जारी गरेको तलबमानमा चिकित्सक र प्राथमिक तृतीय श्रेणीका शिक्षकको तलब बराबर हैसियतमा उल्लेख गरिएको भन्दै संघले आपत्ति जनाएको हो।

संघले शनिबार विज्ञप्ति निकालेर अन्तर्राष्ट्रिय स्तरमा चिकित्सकको नियुक्ति नवौँ तहबाट हुने प्रचलनविपरीत आठौँ तहमा नियुक्ति भइसकेका चिकित्सकको तलब तृतीय श्रेणी बराबर हुनु न्यायोचित नभएको बताएको हो।

तत्काली प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच सम्झौता भई तयार पारिएको प्रतिवेदन कार्यान्वयन गरी चिकित्सक र स्वास्थ्यकर्मीको पारिश्रमिक समयानुकुल बनाउन संघले माग गरेको छ।

हेर्नुहाेस् विज्ञप्ति–

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार