Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एम्बुलेन्स किन्न महायज्ञ, ३५ लाख संकलन

एम्बुलेन्स किन्न महायज्ञ, ३५ लाख संकलन

तनहुँ : व्यास नगरपालिका–१४ केशवटारमा आयोजित महायज्ञमा ३५ लाख रुपैयाँ उठेको छ।

सर्वसाधारणलाई स्वास्थ्य संस्थामा पुग्न सहज बनाउने उद्देश्यसहित एम्बुलेन्स खरिदका लागि साउन २० गतेदेखि सञ्चालित महायज्ञमा ३५ लाखभन्दा बढी दान संकलन भएको हो।

महायज्ञ केशवटार माध्यमिक विद्यालयले आयोजना गरेको हो। बिरामी हुँदा एम्बसलेन्स नभएका कारण यहाँका सर्वसाधारणले एम्बुलेन्स प्रयोग गर्न नपाएका कारण विद्यालयको सक्रियतामा महायज्ञ गरिएको प्रधानाध्यापक दुर्गाबहादुर आलेले जानकारी दिए।

एम्बुलेन्स खरिदका लागि महायज्ञ आयोजना गरिएपछि केशवटारका सर्वसाधारण खुशी भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार