Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जिल्लाकै पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषित

जिल्लाकै पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषित

भोजपुर : जिल्लाको पूर्वी क्षेत्रमा रहेको अरुण गाउँपालिका–५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको छ। वडा क्षेत्रभित्रका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसूति गराएकाले ‘पूर्ण संस्थागत प्रसूति वडा’ घोषणा गरिएको हो ।

साविकको याकु गाविस रहेको यस वडाको सामुदायिक भवनमा आयोजित कार्यक्रममा तत्कालीन संविधानसभाका सदस्य लोकमणि ढकालले प्रदेश १ मै पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरे।

आर्थिक वर्ष २०७५\७६ मा ६१ महिलाले स्वास्थ्य संस्थामा आएर सुत्केरी गराएको याकु स्वास्थ्यचौकीका प्रमुख भोजराज भण्डारीले जानकारी दिए। त्यसमा वडा नं. ५ का मात्र ३७ गर्भवतीमध्ये ३६ जनाले यही स्वास्थ्य संस्था र बाँकी एक जनाले धनकुटा अस्पतालमा गएर प्रसूति गराएका थिए।

दक्ष जनशक्ति, भौतिक संरचनालगायतका उपचारका चाहिने सामग्री उपलब्ध भएका कारण विगत १० वर्षदेखि भोजपुरको याकुस्थित स्वास्थ्य संस्था जिल्लामै नमुना स्वास्थ्य संस्थाको रूपमा परिचित छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार