Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक शर्माको कार्यकाल सकियाे

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक शर्माको कार्यकाल सकियाे

काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशकको पद रिक्त  भएको छ।

केन्द्रका निर्देशक डा. ज्योतिन्द्र शर्माको कार्यकाल साउन २५ मा सकिएपछि आइतबारदेखि पद रिक्त भएको हो। रिक्त पदमा कसलाई ल्याउने भन्ने सरकारले टुंगो लगाउन सकेको छैन।

स्रोतका अनुसार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले शर्मालाई नै दोहोर्याउन आग्रह गरेका थिए। तर शर्माले दोस्रो कार्यकाल नदोहोर्याउने प्रतिक्रिया दिएको बुझिएको छ।

कार्यकाल सकिएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै शर्माले चार वर्षमा भौतिक संरचना निर्माण र सेवा विस्तार गरेको बताएका छन्। आफू आउँदा अस्पतालको मासिक आम्दानी सात करोड हुने गरेकोमा अहिले १३ करोड पुगेको उनको दाबी छ।

चार वर्षे कार्यकालका लागि अस्पतालमै कार्यरत डा. रामेश कोइराला, डा चन्द्रमणि अधिकारी र डा. युवराज लिम्बु आकांक्षी देखिएका छन्।

गंगालाल मुटुरोगको क्षेत्रमा ‘पायोनियर’ संस्था हो। देशभरबाट मुटुका बिरामी ‘रिफर’ भएर यहाँ आउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार