Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अन्त्येष्टिका लागि लगिएका शिशु चल्मलाएपछि…

अन्त्येष्टिका लागि लगिएका शिशु चल्मलाएपछि…

चितवन : अन्त्येष्टिका लागि देवघाट लगिएका शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ। उनीसँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुको पनि उत्खनन् गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलीकी एक महिलाले बिहीबार चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन्। प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो। घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो।

मल्लका अनुसार खाल्डोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको हो। शङ्कास्पद देखिएपछि अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागि ल्याएको उनले जानकारी दिए। अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घटना शङ्कास्पद देखिएपछि परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

जन्मिएका दुईमध्ये ठूलो एक किलो २०० ग्रामको शिशुको निधन भएको हो भने ८०० ग्रामको शिशु जीवित रहेको मल्लले जानकारी दिए।  गर्भ रहेको सात महिनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो।

प्रतीकात्मक तस्विर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार