Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तनहुँमा पनि देखिए डेंगुका बिरामी

तनहुँमा पनि देखिए डेंगुका बिरामी

तनहुँ : जिल्लामा डेंगुका बिरामी बढेका छन्। वर्षातपछि बढेको गर्मीसँगै तराईका विभिन्न भागमा पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग डेंगुका बिरामी तनहुँमा पनि फैलिएको हो।

व्यास नगरपालिका–१० खहरेका १७ वर्षीय एक किशोरको स्वास्थ्य परीक्षण गराउँदा डेंगुको संक्रमण भेटिएको व्यास नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

दमौली अस्पतालको प्रयोगशालामा किशोरको विभिन्न चरणको स्वास्थ्य परीक्षण गर्दा शुक्रबार डेंगुको संक्रमण देखिएको शाखाका प्रमुख हरिश्चन्द्र न्यौपानेले जानकारी दिए।

संक्रमित बिरामीको झुलको प्रयोग गरी दमौली अस्पतालमा बेड भर्ना गरी थप उपचार भइरहेको उनले बताए। यसअघि बिहीबार पनि व्यास नगरपालिकाका एक युवामा डेंगुको संक्रमण देखिएको उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार