Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सिटीस्क्यान मेसिनमा ठगी गर्ने डाक्टर पक्राउ

सिटीस्क्यान मेसिनमा ठगी गर्ने डाक्टर पक्राउ

झापा : इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई फक्राउ गरेको छ। विराटनगर घर भएका रेडियोलोजिष्ट डा. सुनिलदेव पक्राउ परेका हुन्।

प्रहरीले उनलाई लाइफलाइन अस्पताल प्रालिका अध्यक्ष डा. तिलकचन्द्र साहलाई सिटिस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा पक्राउ गरेको हो।

फक्राउ परेका देवलाई प्रहरीले ठगी मुद्दामा दुई पटक अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए। पक्राउ परेका रेडियोलोजिष्ट अहिले इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार