Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा

शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा

भक्तपुर : सूर्यविनायक नगरपालिका–७ र ८ को संगमस्थल घ्याम्पेडाँडामा  शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ।

प्रदेश ३ सरकारको १० लाख र सूर्यविनायक नगरपालिकाको १० लाख गरी २० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको केन्द्रको उद्घाटन शुक्रबार सांसद महेश बस्नेतले गरे।

नगरपालिकाका प्रमुख वासुदेव थापाले अब सूर्यविनायकको वडा वडामा शहरी स्वास्थ्य केन्द्र विस्तार गर्ने तयारी गरेको बताए। उनले वडा वडामा रहेका स्वास्थ्य केन्द्रमा समेत प्रयोगशालादेखि सामान्य उपचार शुरु गरेको जानकारी दिए।

उक्त स्वास्थ्य केन्द्रमा गर्भवती जाँच, खोप, ड्रेसिङ, सामान्य उपचार, परिवार नियोजन, स्वास्थ्य शिक्षा, क्षयरोग नियमित औषधि सेवन, विद्यालय स्वास्थ्य शिक्षालगायत विभिन्न सेवा सञ्चालन भएको नगरपालिकाको स्वास्थ्यसेवा शाखाका वसन्तप्रकाश चापागाईँले बताए।

केन्द्र सञ्चालनमा आएपछि गुण्डु, सिपाडोलका सिलामगाल, धाबीखोला, रानीकोट, पाटी भञ्याङ, आशापुरी, काभ्रेको र्यालेलगायतका बासिन्दालाई अब सहज हुने जिल्ला जनस्वास्थ्य केन्द्रका प्रमुख पार्थमणि न्यौपानेले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार