बीपी प्रतिष्ठानको निमार्णाधीन मातृशिशु भवनमा करोडौँ भ्रष्टाचार
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणाधीन मातृशिशु उपचार केन्द्रको भवन निर्माणमा करोडौँ रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ। प्रतिष्ठानका पूर्व पदाधिकारीहरूले तोकिएभन्दा बढी रकममा ठेक्का लगाई भ्रष्टाचार गरेको पाइएको हो।
प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र निर्देशक अरविन्द्र सिन्हाको मिलेमतोमा मातृशिशु उपचार केन्द्र भवनका लागि ७६ करोड रुपैयाँ बजेट स्वीकृत गराई दुई अर्ब ४६ करोड रुपैयाँमा ठेक्का लगाइएको पाइएको हो।
भवन निर्माणमा ठूलो रकम भ्रष्टाचार भएको भन्दै स्वास्थ्य मन्त्रालयले छानबिन सुरु गरेपछि भवन निर्माण स्थगित गरिएको छ। तीनै पूर्व पदाधिकारी हाल निलम्बनमा छन्।
अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले हाल तीनै जना पूर्व पदाधिकारीविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। छानबिनकै क्रममा रहेको भन्दै आयोगले अनियमिततामा संलग्न पूर्व पदाधिकारीलाई कारबाही अगाडि बढाएको छैन।
प्रतिष्ठानको सिनेट बैठकले ४०० शय्याको मातृशिशु उपचार केन्द्र बनाउने निर्णय गर्दै ७६ करोड बजेट स्वीकृत गरेको थियो। तर प्रतिष्ठानका तत्कालीन पदाधिकारीहरूले स्वास्थ्य मन्त्रालयबाट स्वीकृत नगरी सिनेट बैठकको निर्णयविपरीत गैरकानुनी रूपमा ठेक्का लगाएका थिए।
भवनको शिलान्यास तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए। भवन निर्माणका लागि ठूलो रकम चलखेल गरिएको पाइएपछि तत्कालीन स्वास्थ्यमन्त्री दिपक बोहोराले काम रोक्न निर्देशन दिएका थिए।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त