दूषित पानीले झाडापखाला फैलियाे
संखुवासभा : जिल्लाको पाँचखपन नगरपालिका–४ होक्सेमा दूषित पानीका कारण झाडापखाला फैलिएको छ।
झाडापखालाबाट हालसम्म झण्डै ३० जना बिरामी परेका छन्। महामारीका रूपमा गाउँमा झाडापखाला फैलिएको हो। गएको आइतबारदेखि होक्से माझगाउँमा झाडापखाला शुरु भएको स्थानीय भेषराज बस्नेतले बताए। झाडापखालाबाट अहिलेसम्म ९ पुरुष, १६ महिला र तीन जना बालबालिका बिरामी परेका छन्।
गाउँमा झाडापखाला फैलिएपछि पाँचखपन नगरपालिकाले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाएको छ । नगरपालिकाको स्वास्थ्य शाखा र लिङलिङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले घरघर पुगेर बिरामीको उपचार शुरु गरेकाे पाँचखपन–४ का वडाध्यक्ष काजीबहादुर तामाङले जानकारी दिए।
नगरपालिकाका स्वास्थ्य संयोजक राजकुमार यादवको संयोजकत्वमा वाना प्राथमिक स्वास्थ्य केन्द्रबाट १ जना अहेब, लिङलिङ स्वास्थ्य चौकीबाट १ जना अहेव र शहरी स्वास्थ्य एकाइबाट एक अनमीको टोली प्रभावित क्षेत्रमा खटिएकाे छ।
प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीबाट उपचार भइरहेकाले झाडापखाला नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय खाँदबारीका सूचना अधिकारी रोशन श्रेष्ठले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?