Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दूषित पानीले झाडापखाला फैलियाे

दूषित पानीले झाडापखाला फैलियाे

संखुवासभा : जिल्लाको पाँचखपन नगरपालिका–४ होक्सेमा दूषित पानीका कारण झाडापखाला फैलिएको छ।

झाडापखालाबाट हालसम्म झण्डै ३० जना बिरामी परेका छन्। महामारीका रूपमा गाउँमा झाडापखाला फैलिएको हो। गएको आइतबारदेखि होक्से माझगाउँमा झाडापखाला शुरु भएको स्थानीय भेषराज बस्नेतले बताए। झाडापखालाबाट अहिलेसम्म ९ पुरुष, १६ महिला र तीन जना बालबालिका बिरामी परेका छन्।

गाउँमा झाडापखाला फैलिएपछि पाँचखपन नगरपालिकाले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाएको छ । नगरपालिकाको स्वास्थ्य शाखा र लिङलिङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले घरघर पुगेर बिरामीको उपचार शुरु गरेकाे पाँचखपन–४ का वडाध्यक्ष काजीबहादुर तामाङले जानकारी दिए।

नगरपालिकाका स्वास्थ्य संयोजक राजकुमार यादवको संयोजकत्वमा वाना प्राथमिक स्वास्थ्य केन्द्रबाट १ जना अहेब, लिङलिङ स्वास्थ्य चौकीबाट १ जना अहेव र शहरी स्वास्थ्य एकाइबाट एक अनमीको टोली प्रभावित क्षेत्रमा खटिएकाे छ।

प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीबाट उपचार भइरहेकाले झाडापखाला नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय खाँदबारीका सूचना अधिकारी रोशन श्रेष्ठले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार