हेटाैँडामा डेंगुका बिरामी दिनप्रतिदिन बढ्दाे
हेटौँडा : हेटौँडा उपमहानगरपालिका क्षेत्रमा डेंगुको प्रकोप बढेको छ। डेंगुको कारण दैनिक बिरामी हुने बढेका छन्।
साउन १ देखि २३ गतेसम्म ८२ जना डेंगु संक्रमित फेला परेका छन्। बिरामीमध्ये ३५ जनाभन्दा बढीले सरकारी अस्पतालमा उपचार गराएको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए। केहीले निजी क्षेत्रका अस्पताल र क्लिनिकमा समेत उपचार गराएका छन्।
केही बिरामी काठमाडौंमा समेत उपचार गर्न गएको बताएकाले बिरामीको संख्या अझै धेरै हुने बताइएको छ। डेंगुको संक्रमणका कारण अघिल्लो वर्ष दुई जनाको मृत्यु भएको थियो।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले डेंगु नियन्त्रणको लागि तीव्र रूपमा काम गरिरहको दाबी गरे। हेटौँडा उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले प्रत्येक वडामा डेंगुको नियन्त्रणका लागि समिति गठन गर्ने निर्णय गरिएको समेत महतले बताए।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त