Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हेटाैँडामा डेंगुका बिरामी दिनप्रतिदिन बढ्दाे

हेटाैँडामा डेंगुका बिरामी दिनप्रतिदिन बढ्दाे

हेटौँडा : हेटौँडा उपमहानगरपालिका क्षेत्रमा डेंगुको प्रकोप बढेको छ। डेंगुको कारण दैनिक बिरामी हुने बढेका छन्।

साउन १ देखि २३ गतेसम्म ८२ जना डेंगु संक्रमित फेला परेका छन्। बिरामीमध्ये ३५ जनाभन्दा बढीले सरकारी अस्पतालमा उपचार गराएको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए। केहीले निजी क्षेत्रका अस्पताल र क्लिनिकमा समेत उपचार गराएका छन्।

केही बिरामी काठमाडौंमा समेत उपचार गर्न गएको बताएकाले बिरामीको संख्या अझै धेरै हुने बताइएको छ। डेंगुको संक्रमणका कारण अघिल्लो वर्ष दुई जनाको मृत्यु भएको थियो।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले डेंगु नियन्त्रणको लागि तीव्र रूपमा काम गरिरहको दाबी गरे। हेटौँडा उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले प्रत्येक वडामा डेंगुको नियन्त्रणका लागि समिति गठन गर्ने निर्णय गरिएको समेत महतले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार