Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री आइतबार स्वदेश आइपुग्ने

स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री आइतबार स्वदेश आइपुग्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य परीक्षण सकेर आइतबार स्वदेश फर्किने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन र्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिएका हुन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ। उनी नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यता गएका थिए।

प्रधानमन्त्रीका साथमा धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसहित नौ सदस्य सहभागी छन्।

पूर्वनिर्धारित तालिकाअनुसार प्रधानमन्त्री शुक्रबार स्वदेश फर्किने कार्यक्रम थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार