स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री आइतबार स्वदेश आइपुग्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य परीक्षण सकेर आइतबार स्वदेश फर्किने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन र्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ। उनी नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यता गएका थिए।
प्रधानमन्त्रीका साथमा धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसहित नौ सदस्य सहभागी छन्।
पूर्वनिर्धारित तालिकाअनुसार प्रधानमन्त्री शुक्रबार स्वदेश फर्किने कार्यक्रम थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण