क्यान्सर पीडितलाई दिए उपराष्ट्रपतिले एक महिनाको तलब
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले क्यान्सरपीडितको उपचारका लागि एक महिनाको तलब सहयोग गरेका छन्।
पुनले बिहीबार क्यान्सर पीडितका लागि ‘नेपाल क्यान्सर सहयोग अभियान’लाई एक महिनाको तलब रकम हस्तान्तरण गरेका हुन्।
उपराष्ट्रपतिले कर कटाएर एक महिनाको तलब बराबरको ६२ हजार रुपैयाँ क्यान्सर सहयोग अभियानका अध्यक्ष डा. सुदीप श्रेष्ठलाई हस्तान्तरण गरे।
उपराष्ट्रपतिले केही दिन अघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलब क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त