Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर पीडितलाई दिए उपराष्ट्रपतिले एक महिनाको तलब

क्यान्सर पीडितलाई दिए उपराष्ट्रपतिले एक महिनाको तलब

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले क्यान्सरपीडितको उपचारका लागि एक महिनाको तलब सहयोग गरेका छन्।

पुनले बिहीबार क्यान्सर पीडितका लागि ‘नेपाल क्यान्सर सहयोग अभियान’लाई एक महिनाको तलब रकम हस्तान्तरण गरेका हुन्।

उपराष्ट्रपतिले कर कटाएर एक महिनाको तलब बराबरको ६२ हजार रुपैयाँ क्यान्सर सहयोग अभियानका अध्यक्ष डा. सुदीप श्रेष्ठलाई हस्तान्तरण गरे।

उपराष्ट्रपतिले केही दिन अघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलब क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार