भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको संख्या बढ्याे
चितवन : प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको संख्या बढ्दो छ।
काठमाडौंको थापाथलीस्थित प्रसूतिगृहपछि सबैभन्दा बढी बच्चा यही अस्पतालमा जन्मिन्छन्।
गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन्। तीमध्ये १३ हजार ३२७ जीवित बच्चा जन्मेका थिए ।
अघिल्लो आ.व.मा १३ हजार ५२५ महिलाले बच्चा जन्माएका थिए । आ.व. ०७३\७४ मा यो सङ्ख्या १२ हजार ९८० थियो।
गत आवमा बच्चा जन्माउनेमध्ये चार हजार ६७ जनाको शल्यक्रिया गरिएको र अन्यको सामान्य ढङ्गबाट सुत्केरी गराइएको पौडेलले जानकारी दिए।
सूचना अधिकारी पौडेलका अनुसार गत आवमा चार जना आमाको मृत्यु भएको थियो भने अघिल्लो आवमा यो सङ्ख्या पाँच रहेको थियो । जन्मिएपछि गत वर्ष ३१ शिशुको निधन भएको थियो। उनका अनुसार अघिल्लो आ.व.मा २७ शिशुकाे मृत्यु भएको थियो ।
अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलका अनुसार ठूलो सङ्ख्यामा प्रसूति हुने क्रममा विभिन्न कारणले आमा र बच्चाको निधन हुन्छ । यो सङ्ख्या तल झार्ने क्रममा रहेको उनले बताए।
अस्पतालमा रहेका पुराना, अनुभवी र दक्ष चिकित्सक एवं नर्सिङ कर्मचारीहरुका कारण सबै तिरबाट बच्चा जन्माउनका लागि यहाँ आउने गरेको पोख्रेलको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण