Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको संख्या बढ्याे

भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको संख्या बढ्याे

चितवन : प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको संख्या बढ्दो छ।

काठमाडौंको थापाथलीस्थित प्रसूतिगृहपछि सबैभन्दा बढी बच्चा यही अस्पतालमा जन्मिन्छन्।

गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन्। तीमध्ये १३ हजार ३२७ जीवित बच्चा जन्मेका थिए ।

अघिल्लो आ.व.मा १३ हजार ५२५ महिलाले बच्चा जन्माएका थिए । आ.व. ०७३\७४ मा यो सङ्ख्या १२ हजार ९८० थियो।

गत आवमा बच्चा जन्माउनेमध्ये चार हजार ६७ जनाको शल्यक्रिया गरिएको र अन्यको सामान्य ढङ्गबाट सुत्केरी गराइएको पौडेलले जानकारी दिए।

सूचना अधिकारी पौडेलका अनुसार गत आवमा चार जना आमाको मृत्यु भएको थियो भने अघिल्लो आवमा यो सङ्ख्या पाँच रहेको थियो । जन्मिएपछि गत वर्ष ३१ शिशुको निधन भएको थियो। उनका अनुसार अघिल्लो आ.व.मा २७ शिशुकाे मृत्यु भएको थियो ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलका अनुसार ठूलो सङ्ख्यामा प्रसूति हुने क्रममा विभिन्न कारणले आमा र बच्चाको निधन हुन्छ । यो सङ्ख्या तल झार्ने क्रममा रहेको उनले बताए।

अस्पतालमा रहेका पुराना, अनुभवी र दक्ष चिकित्सक एवं नर्सिङ कर्मचारीहरुका कारण सबै तिरबाट बच्चा जन्माउनका लागि यहाँ आउने गरेको पोख्रेलको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार