प्रधानमन्त्रीकाे स्वास्थ्य परीक्षण सकिएन, सिंगापुर बसाइ लम्बिने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ केही लम्बिने भएको छ।
उपचारका क्रममा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण नसकिएकाले बसाइ केही दिन लम्बिनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि अस्पतालले बिहीबार साँझसम्म डिस्चार्ज गर्ने र शुक्रबार राति ८ बजे नेपाल आइपुग्ने ‘सेड्युल’ थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार डिस्चार्जअघि थप परीक्षण गर्नुपर्ने भएका कारण प्रधानमन्त्रीको सिंगापुर बसाइ लम्बिने भएको हो। मिति तय नभए पनि सोमबारसम्ममा स्वदेश फर्किने सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह पनि सिंगापुरमा गएका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण