Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्रीकाे स्वास्थ्य परीक्षण सकिएन, सिंगापुर बसाइ लम्बिने

प्रधानमन्त्रीकाे स्वास्थ्य परीक्षण सकिएन, सिंगापुर बसाइ लम्बिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ केही लम्बिने भएको छ।

उपचारका क्रममा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण नसकिएकाले बसाइ केही दिन लम्बिनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि अस्पतालले बिहीबार साँझसम्म डिस्चार्ज गर्ने र शुक्रबार राति ८ बजे नेपाल आइपुग्ने ‘सेड्युल’ थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार डिस्चार्जअघि थप परीक्षण गर्नुपर्ने भएका कारण प्रधानमन्त्रीको सिंगापुर बसाइ लम्बिने भएको हो। मिति तय नभए पनि सोमबारसम्ममा स्वदेश फर्किने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह पनि सिंगापुरमा गएका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार