स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न
पाल्पा : रैनादेवी छहरा गाउँपालिका–४ मा रहेको छहरा स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको छ। हल, आवासीय कोठासहित दुई तले ११ कोठाको नयाँ भवन बनेको हो।
सरकारको करिब साढे दुई करोडको लागतमा भवन निर्माण भएको स्वास्थ्यचौकी प्रमुख प्रतीक्षा लाम्टांगेले बताइन्।
०५१ सालमा स्थापना भएको यो स्वास्थ्य चौकीले बिरामी जाँच, सुरक्षित गर्भपतन, परिवार नियोजन, सुरक्षित मातृत्व, ल्याबजस्ता सेवा प्रदान गर्दै आएको छ। यहाँ दैनिक २० देखि २२ जना बिरामीले सेवा लिने गरेका छन्।
जिल्लाका चिदीपानी, हुमिन, दर्लमडाँडा स्वास्थ्यचौकी निर्माणको काम अन्तिम चरणमा रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?