Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न

स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न

पाल्पा : रैनादेवी छहरा गाउँपालिका–४ मा रहेको छहरा स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको छ। हल, आवासीय कोठासहित दुई तले ११ कोठाको नयाँ भवन बनेको हो।

सरकारको करिब साढे दुई करोडको लागतमा भवन निर्माण भएको स्वास्थ्यचौकी प्रमुख प्रतीक्षा लाम्टांगेले बताइन्।

०५१ सालमा स्थापना भएको यो स्वास्थ्य चौकीले बिरामी जाँच, सुरक्षित गर्भपतन, परिवार नियोजन, सुरक्षित मातृत्व, ल्याबजस्ता सेवा प्रदान गर्दै आएको छ। यहाँ दैनिक २० देखि २२ जना बिरामीले सेवा लिने गरेका छन्।

जिल्लाका चिदीपानी, हुमिन, दर्लमडाँडा स्वास्थ्यचौकी निर्माणको काम अन्तिम चरणमा रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार