Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रशासन कार्यालयमा स्तनपान कक्ष

प्रशासन कार्यालयमा स्तनपान कक्ष

जाजरकोट : जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्ष शुरु गरिएको छ।

प्रशासन कार्यालयमा काम, कारबाही प्रभावकारी बनाउन स्तनपान कक्ष स्थापना गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

दैनिक प्रशासन कार्यालयमा नागरिकता, राहदानी र विभिन्न सिफारिस लिन आउने जनसाधारणको भीड लाग्ने तर स्तनपान कक्ष नहुँदा समस्या हुँदै आएको गुनासो बढेपछि प्रशासनले सो माग सम्बोधन गरेको हो।

यसअघि प्रशासनमा सेवा लिन आउने सेवाग्राही आमाले बच्चा च्यापेर खुला स्थानमा स्तनपान गराउनुपर्ने बाध्यता थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार