हेटौँडामा ६२ जनालाई डेंगु संक्रमण
हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा डेंंगु संक्रमणबाट ६२ जना बिरामी परेपछि नियन्त्रणका लागि पहल थालिएको छ।
यो सङ्ख्या साउन १ गतेदेखि २२ गतेसम्मको हो। बिरामीको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा दिनहुँजसो बिरामी आउने क्रम जारी रहेको जनाइएको छ।
महानगरपालिकाले बुधबार कार्यपालिकाको बैठकमार्फत प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको बासस्थान नष्ट गर्ने निर्णय गरेको जनाइएको छ।
बुधबार नै डेंगु नियन्त्रणका लागि टोल विकास संस्था नगर समन्वय समितिसँग अन्तरक्रियासमेत सम्पन्न भएको र टोल विकास संस्थामार्फत पनि डेङ्गुको नियन्त्रणका लागि काम गर्ने निर्णय भएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए।
अघिल्ला वर्षमा मकवानपुरमा कमै मात्र देखा पर्ने गरेको डेङ्गु रोगले यो वर्ष भने ठूलो रूप लिएको हो। हेटौँडामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेपछि यसबाट बच्न जनचेतना जगाउँदै लामखुट्टे बस्ने र प्रजनन गर्न सक्ने सम्भावित स्थान नष्ट गर्ने काम शुरु गरिएको प्रमुख महतले जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित