Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हेटौँडामा ६२ जनालाई डेंगु संक्रमण

हेटौँडामा ६२ जनालाई डेंगु संक्रमण

हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा डेंंगु संक्रमणबाट ६२ जना बिरामी परेपछि नियन्त्रणका लागि पहल थालिएको छ।

यो सङ्ख्या साउन १ गतेदेखि २२ गतेसम्मको हो। बिरामीको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा दिनहुँजसो बिरामी आउने क्रम जारी रहेको जनाइएको छ।

महानगरपालिकाले बुधबार कार्यपालिकाको बैठकमार्फत प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको बासस्थान नष्ट गर्ने निर्णय गरेको जनाइएको छ।

बुधबार नै डेंगु नियन्त्रणका लागि टोल विकास संस्था नगर समन्वय समितिसँग अन्तरक्रियासमेत सम्पन्न भएको र टोल विकास संस्थामार्फत पनि डेङ्गुको नियन्त्रणका लागि काम गर्ने निर्णय भएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए।

अघिल्ला वर्षमा मकवानपुरमा कमै मात्र देखा पर्ने गरेको डेङ्गु रोगले यो वर्ष भने ठूलो रूप लिएको हो। हेटौँडामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेपछि यसबाट बच्न जनचेतना जगाउँदै लामखुट्टे बस्ने र प्रजनन गर्न सक्ने सम्भावित स्थान नष्ट गर्ने काम शुरु गरिएको प्रमुख महतले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार