Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सिभिल अस्पतालमा अनलाइन टिकट

सिभिल अस्पतालमा अनलाइन टिकट

काठमाडौं : सिभिल अस्पतालले अनलाइन टिकट काट्न पाउने व्यवस्था गरेको छ। बिहीबार बिहान अनलाइन टिकट प्रणालीको सुरुवात गरिएको अस्पतालले जनाएको छ। पहिलो चरण परीक्षणका रूपमा यो व्यवस्था गर्न लागिएको छ।

सिभिलले ‘प्रभु पे’ मोबाइल वालेटमार्फत ओपिडी टिकट काट्ने व्यवस्था गरेको हो। अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घराज आरसीले सानो स्केलबाट सुरुवात गरिएकाे अनलाइन प्रणाली सफल भए पूर्ण रूपमा लागू गरिने बताए।

अब विरामी र आफन्तले घरमै बसेर मोबाइलबाट समेत टिकट काट्न सक्नेछन्। टाढाबाट आउने मान्छेले अनलाइनबाट काट्न नसक्ने भएकाले उनीहरूलाई पुरानै तरिकाबाट टिकट काट्ने व्यवस्था गरिने निर्देशक आरसीले बताए। सिभिलमा दिनहुँ एक हजार बिरामी उपचारको लागि आउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार