दूषित पानीले बिरामी बढे
ओखलढुंगा : जिल्लामा दूषित पानीका कारण बिरामीको संख्या बढेको छ। बर्खा सुरु भएपछि अस्पताल आउने बिरामी बढेका छन्। गर्मी र वर्षातका कारण दूषित पानीले अनेकौँ रोगको संक्रमण बढेको हो।
ओखलढुंगामा सामुदायिक अस्पतालमा भर्ना बिरामीमा दूषित पानी प्रयोगबाट संक्रमण देखिएको चिकित्सक बताउँछन्। बर्खाका कारण अस्पतालमा यस्ता बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए।
अस्पतालमा आउँ, टाइफाइड, झाडापखालाजस्ता पानीजन्य संक्रमणका बिरामीको चाप बढेको छ। ५० शय्याको यो अस्पतालमा ७० भन्दा बढी बिरामी भर्ना भएर उपचार गराइरहेका छन्।
अस्पतालको अन्तरंग विभागमा दैनिक भर्ना हुने २० बिरामीमध्ये सातजनामा पानीजन्य रोगको संक्रमण भेटिएको अस्पतालका तथ्यांक अधिकृत फणिन्द्र दानीले बताए। अहिले अस्पतालको बहिरंग सेवामा डेढ सयभन्दा बढी बिरामी दैनिक परीक्षण गराउन आउँछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?