Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दूषित पानीले बिरामी बढे

दूषित पानीले बिरामी बढे

ओखलढुंगा : जिल्लामा दूषित पानीका कारण बिरामीको संख्या बढेको छ। बर्खा सुरु भएपछि अस्पताल आउने बिरामी बढेका छन्। गर्मी र वर्षातका कारण दूषित पानीले अनेकौँ रोगको संक्रमण बढेको हो।

ओखलढुंगामा सामुदायिक अस्पतालमा भर्ना बिरामीमा दूषित पानी प्रयोगबाट संक्रमण देखिएको चिकित्सक बताउँछन्। बर्खाका कारण अस्पतालमा यस्ता बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए।

अस्पतालमा आउँ, टाइफाइड, झाडापखालाजस्ता पानीजन्य संक्रमणका बिरामीको चाप बढेको छ। ५० शय्याको यो अस्पतालमा ७० भन्दा बढी बिरामी भर्ना भएर उपचार गराइरहेका छन्।

अस्पतालको अन्तरंग विभागमा दैनिक भर्ना हुने २० बिरामीमध्ये सातजनामा पानीजन्य रोगको संक्रमण भेटिएको अस्पतालका तथ्यांक अधिकृत फणिन्द्र दानीले बताए। अहिले अस्पतालको बहिरंग सेवामा डेढ सयभन्दा बढी बिरामी दैनिक परीक्षण गराउन आउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार