Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मिर्गौलाराेगी र क्सान्सरपीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

मिर्गौलाराेगी र क्सान्सरपीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

बागलुङ : बागलुङ समाज पोर्चुगलले जिल्लाका मिर्गौलापीडित र क्सान्सरपीडित बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ।

समाजको पहलमा पोर्चुगलमा सङ्कलन भएको दुई हजार ४०० यूरो अर्थात् दुई लाख ९३ हजार २८० रुपैयाँ जिल्लाका तीन बिरामीलाई प्रदान गरिएको समाजका अध्यक्ष प्रेम खड्काले जानकारी दिए।

रकम अभावका कारण उपचारमा समस्या भएको खबर पाएपछि बिरामीको उपचार नरोकियोस् भन्ने उद्देश्यले रकम संकलन गरी प्रदान गरेको खड्काले बताए।

खड्काका अनुसार जिल्लाको गल्कोट नगरपालिका नरेठाँटी निवासी मिर्गौलापीडित गमप्रसाद श्रीष, जिल्लाकै बडीगाड गाउँपालिका–१० निवासी क्यान्सरपीडित दलबहादुर बुढामगर र बागलुङ नगरपालिका तित्याङ निवासी क्यान्सरपीडित सपना खड्का खत्रीलाई ९७ हजार ७६० का दरले हस्तान्तरण गरिएको हो।

सहयोग रकम गैरआवासीय नेपाली संघका पूर्वआईसीसी सदस्य तथा बागलुङ समाज पोर्चुगलका सल्लाहकार सूर्य हमालको टोलीले जिल्लामै पुगेर हस्तान्तरण गरेको हाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार