Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य बिमा ६ प्रतिशत नागरिकको मात्रै पहुँचमा

स्वास्थ्य बिमा ६ प्रतिशत नागरिकको मात्रै पहुँचमा

कपिलवस्तु : जिल्लामा स्वास्थ्य बिमा ६ प्रतिशत नागरिकको पहुँचमा मात्रै पुगेको छ।

आर्थिक वर्ष ०७४\७५ देखि सुरु भएको कार्यक्रममा हालसम्म ३ हजार ४९६ घरपरिवार मात्र आबद्ध भएको छ। जिल्लामा ३६ हजार पाँचसय १३ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी सुजाता महर्जनले बताइन्।

जिल्लामा यो कार्यक्रमबाट अहिलेसम्म दुई करोड पाँच लाख २६ हजार ३७० रकम संकलन भएको छ।

वाणगंगा नगरपालिका सबैभन्दा बढी बिमा गराएका छन्। त्यहाँ नौ हजार १८३ जनाले बिमा गराएका छन्। यस्तै बुद्धभूमिमा पाँच हजार ८९४, महाराजगञ्जमा चारहजार ४६६, कृष्णनगर नगरपालिकामा चार हजार ४५४ जनाले स्वास्थ्य बिमा गराएका छन्।

यस्तै कपिलवस्तु नगरपालिकामा तीनहजार ९१६, विजयनगर गाउँपालिकामा दुइहजार ७१६, शिवराज नगरपालिकामा दुई हजार ८४६, शुद्धोधन गाउँपालिकामा एक हजार ५९६, मायादेवी गाउँपालिकामा सात सय २४ र यशोधरा गाउँपालिकामा ७१८ जनाले बिमा गराएका छन्।

कपिलवस्तुमा सेवा लिनका लागि जिल्ला अस्पताल तौलिहवा, पिपरा स्वास्थ्य चौकी, बहादुरगञ्ज अस्पताल, महाराजगञ्ज अस्पताल, मायादेवी स्वास्थ्य चौकीलाई तोकिएको छ। बिमा गराउन जिल्लामा ९६ दर्ता सहयोगी परिचालित छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार