म्यानमारमा स्वाइन फ्लुले लियो ९० जनाको ज्यान
म्यानमारमा यो वर्ष स्वाइन फ्लुका कारण ९० जनाको मृत्यु भएको छ।
म्यानमारको स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार यो तथ्यांक सार्वजनिक गरेको हो।
सन् २०१९ जनवरी १ देखि अगस्ट ७ सम्ममा ४ सय २२ जनामा स्वाइन फ्लु भएको प्रयोगशालाबाट पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका
अधिकारीहरूका अनुसार यो अवधिमा स्वाइन फ्लुबाट मृत्यु हुनेहरू सबैभन्दा धेरै याङ्गुनका छन्। याङ्गुनमा ६३ जनाको मृत्यु भएको छ।
यस्तै अयेयार्वाडी क्षेत्रमा नाै र बागो क्षेत्रमा सात जनाको मृत्यु भएको हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?