Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

म्यानमारमा स्वाइन फ्लुले लियो ९० जनाको ज्यान

म्यानमारमा स्वाइन फ्लुले लियो ९० जनाको ज्यान

म्यानमारमा यो वर्ष स्वाइन फ्लुका कारण ९० जनाको मृत्यु भएको छ।

म्यानमारको स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार यो तथ्यांक सार्वजनिक गरेको हो।

सन् २०१९ जनवरी १ देखि अगस्ट ७ सम्ममा ४ सय २२ जनामा स्वाइन फ्लु भएको प्रयोगशालाबाट पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका

अधिकारीहरूका अनुसार यो अवधिमा स्वाइन फ्लुबाट मृत्यु हुनेहरू सबैभन्दा धेरै याङ्गुनका छन्। याङ्गुनमा ६३ जनाको मृत्यु भएको छ।

यस्तै अयेयार्वाडी क्षेत्रमा नाै र बागो क्षेत्रमा सात जनाको मृत्यु भएको हो।

थप समाचार