Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डाक्टरको तलब सच्याउन चिकित्सक संघको माग

डाक्टरको तलब सच्याउन चिकित्सक संघको माग

काठमाडौं:  नेपाल चिकित्सक संघले सरकारले निर्धारण गरेको स्वास्थ्य सेवाका कर्मचारीको तलबमान सञ्चाउन माग गरेको छ ।

बुधबार संघले प्रेस विज्ञप्ति जारी गर्दै प्लस टु अध्ययन पश्चात ५ बर्ष एमबिबिएस अध्ययन गरेका चिकित्सकहरुको र एसएलसी पश्चात्त सेवा प्रवेश गर्ने प्राथमिक तृतीय श्रेणीको शिक्षकको तलब बराबर हैसियतमा विनियोजन गरिएकोप्रति संघको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । सरकारले २०७६ श्रावण १ गतेदेखि लागू हुने गरी कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ ।

संघका महासचिव डा लोचन कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तिमा सरकारी सेवामा प्रवेश गर्दा एमबिबिएस अध्ययन गरेका चिकित्सकहरुको शुरु नियुक्त्ति नै ८ औं तहबाट भईरहेको अवस्थामा एसएलसी मात्रको पढाई पश्चात नेपाल सरकारको प्राथमिक तृतीय श्रेणी सरहको तलबमानले चिकित्सकहरुलाई आर्कषित गर्न नसक्ने नेपाल चिकित्सक संघको ठहर रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

संघले विद्यमान तलबका सम्बन्धमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका सरोकारवाला निकायलाई तलबमान सञ्चाउन माग गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार