कालिकाेटकाे तिलागुफा नगरपालिका : एम्बुलेन्स ल्याउने पहिलाे स्थानीय तह
कालिकोट : तिलागुफा नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ। यो जिल्लाकै पहिलो एम्बुलेन्स हो। नौ वटा स्थानीय तह भएको कालीकोटमा कुनै स्थानीय सरकारले खरिद गरेका थिएनन्।
सर्वसाधारण बिरामी हुँदा बोकेर स्वास्थ्य केन्द्र लैजानुपर्ने बाध्यता हटाउन एम्बुलेन्स खरिद गरेको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। एम्बुलेन्स नेपाल सरकारको राजस्व छुट गराएर १२ लाख रुपैयाँ खरिद गरेकाे प्रमुख शाहीले बताए।
नगरपालिकाले नगरभित्रका नागरिकलाई निःशुल्क एम्बुलेन्सले सेवा दिने जनाएको छ। ड्राइभर र एम्बुलेन्स मर्मत खर्च कसरी मिलाउने र निःशुल्क सेवा दिनेबारे नगरपालिका कार्यपालिकाको बैठकले तय गर्ने नगरप्रमुख शाहीले जानकारी दिए।
तस्विर–प्रतीकात्मक





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?