Health TV Online
Health TV Online
Health TV Online

सांसदहरूले भने, जनस्वास्थ्यमा गम्भीर बन सरकार!

सांसदहरूले भने, जनस्वास्थ्यमा गम्भीर बन सरकार!

काठमाडौं : सांसद्हरूले सुनसरीकाे धरान उपमहानगरपालिकामा घरैपिच्छे डेङ्गुका बिरामी देखिएको भन्दै उपचार गर्न सरकारको ध्यानाकर्षण गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा मीना सुब्बाले घरैपिच्छे डेंगुको बिरामी देखिएको भन्दै उपचार गर्न सरकारसँग आग्रह गरेकी हुन्। उनले डेंगुका कारण दुई महिलाको मृत्यु भइसकेको र चार हजारमा रोेग देखिएकोले तत्काल नियन्त्रणमा ल्याउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गरिन्।

सां सद रामकुमारी झाँक्रीले उपचारका क्रममा अस्पतालमा बिरामीकाे मृत्यु हुने क्रम बढेकाे भन्दै गम्भीर हुन आग्रह गरिन्। उनले निजी क्षेत्रका अस्पतालमा बिरामीको मृत्यु हुने क्रम बढिरहेको भन्दै लापरवाही गर्ने डाक्टरलाई कारबाही गर्न सरकारलाई  सुझाव दिइन्।

सांसद रंगमती शाहीले बजारमा बेच्न राखिएका विषादीयुक्त तरकारीले नागरिकको स्वास्थ्यमा गम्भीर असर पुगेको बताइन्। याे विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनकाे भनाइ थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार