फिदिममा पाँच जनालाई डेंगु संक्रमण
पाँचथर : पहाडी जिल्ला पाँचथरमा पनि डेंगुको संक्रमित फेला परेका छन्। ज्वरोका कारण अस्पताल पुगेका फिदिम–१ का रोशन श्रेष्ठ, कल्पना भण्डारी र गजेन्द्र भण्डारीमा डेंगु देखिएको हो।
यस्तै वडा नम्बर ४ मा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रमा कार्यरत नायब सुब्बा पुरुषोत्तम पौडेल र फिदिम–१२ का रामप्रसाद राईमा डेंगुको संक्रमण देखिएको फिदिमस्थित समर्पित अस्पतालका सूचना तथा सम्पर्क अधिकारी शिशिर आङ्बोले बताए।
संक्रमितमध्ये दुई जनालाई विराटनगरस्थित नोबेल अस्पताल र एक जनालाई झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?