स्वास्थ्य केन्द्रलाई जग्गा दान
कालिकोट : जिल्लाको पलाता गाउँपालिका–१ पुलाहामा एक स्थानीय बासिन्दाले स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि निःशुल्क जग्गा दान गरेका छन्।
स्वास्थ सेवाकेन्द्र निर्माणका लागि पलाता गाउँपालिका–१ का ६० वर्षीय परिलाल भण्डारीले आफ्नो नाममा रहेको करिब चार सय वर्गमिटर जग्गा दान गरेका हुन्।
स्वास्थ्य सेवाकेन्द्र निर्माणका लागि उनले वडाध्यक्ष मानबहादुर भण्डारीलाई लालपुर्जा हस्तान्तरण गरेका छन्। स्वास्थ्य केन्द्रलाई जग्गा दान गरी भावी पुस्तासम्म नाम रहने भन्दै उनले जग्गा दान गरेको बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?