ललितपुरमा खुल्याे फिजियोथेरापी पुन: स्थापना केन्द्र
ललितपुर : बालकुमारीमा नेपाल फिजियोथेरापी पुन: स्थापना केन्द्र स्थापना भएको छ। केन्द्रको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गरेका हुन्।
सर्वसाधारणलाई सहज र सरल रूपमा फिजियोथेरापी सेवा दिने उद्देश्यले केन्द्रको स्थापना गरिएको केन्द्रका प्रबन्ध निर्देशक सहदेव व्यञ्जनकारले बताए।
केन्द्रले हालका लागि फिजियोथेरापी सेवामा ५० प्रतिशत छुट र ज्येष्ठ नागरिकका लागि ३० प्रतिशत छुटको व्यवस्था व्यवस्था गरेको छ।
गर्धन तथा कम्मरको नशा च्यापिएको, घुँडा, गर्धन र कम्मरको हड्डी खिइएको, दुर्घटनाले अगंभंग भएको, मुख बागिंएको र मेरुदण्ड भाँचिएको लगायतका शारीरिक समस्याको फिजियो सेवा उपलब्ध गराइने बताइएको छ।
म्यानुअल थेराफी, न्युरो, हाडजोर्नी, बालबच्चा–स्त्री रोगसम्बन्धी र ल्याब सेवा पनि उपलब्ध गराइने केन्द्रले जनाएको छ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त