कारागारका कैदीबन्दीको उपचार शुरु
उदयपुर : जिल्लाको गाईघाटस्थित बोक्सेस्थित जिल्ला कारागार शाखाका सम्पूर्ण कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि उपचार शुरु गरिएको छ।
शुरुमा दुई–चार कैदीबन्दीलाई मात्र सामान्य ज्वरो आए पनि विस्तारै सम्पूर्ण कैदीबन्दी नै भाइरल ज्वरोबाट प्रभावित भएपछि उनीहरूको उपचार शुरु गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार जिल्ला अस्पताल उदयपरबाटै चिकित्सकसहित औषधि झिकाइ कारागारमै उपचार गरिएको छ ।
१७३ कैदीबन्दी र तीन बालबालिका रहेको जिल्ला कारागार उदयपुरका सबै कैदीबन्दी भाइरलको ज्वरोबाट प्रभावित भएका हुन्। अहिले उनीहरूको स्वास्थ्य सुधार भइरहेकाे प्रजिअ खड्काले बताए।
शुरुमा सामान्य अनियमित ज्वरो आउने र रुघाखोकीबाट शुरु भएको भाइरलका बिरामीका कारण कैदीबन्दी ओछ्यानमै थला परेका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?