क्यान्सर प्रभावित पत्रकार विरहीका लागि नेजाले थाल्याे रकम संकलन
काठमाडौं : क्यान्सरसँग लडिरहेका अग्रज पत्रकार तथा साहित्यकार रेशम विरहीको उपचारका लागि सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले रकम संकलन शुरु गरेको छ।
भरतपुर महानगरपालिका १६ मा बस्दै आएका विरहीको ठूलो आन्द्रामा क्यान्सर देखिएको छ। उनी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन्।
गो फन्ड मी खोलेर नेजाले रकम संकलनको काम अघि बढाएको हो। नेजाले आफ्नो खातावाट २०१ डलर राखेर ‘गो फन्ड मी’ को सुरुवात गरेको छ। नेजाले यसअघि पनि पत्रकारको सहयोगार्थ आर्थिक संकलन गर्दै आएको छ।
फन्डमार्फत संकलित रकम पत्रकार महासंघ मार्फत पठाइने नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले जानकारी दिए।
पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील रेशम विरही क्यान्सर रोगसँग लडिरहेका छन्। चितवन, काठमाडौँ र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा काम गरिसकेका विरहीका ९ वटा कृति प्रकाशित छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?