औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको सरुवा कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं: औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई सरुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ। मंगलबार न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले विभागको महानिर्देशकबाट ढकाललाई सरुवा नगर्न भनी आदेश दिएको हो ।
विभागका महानिर्देशक ढकाललाई सरकारले विभागबाट औषधि प्रयोगशालामा सरुवा गरेको थियो । उनको सरुवा पश्चात विभागमै कार्यरत ढकाल भन्दा जुनियर पान बहादुर क्षेत्रीलाई निमिक्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो।
ढकालले आफूलाई अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यो अन्तरिम आदेशसँगै ढकालले पुन जिम्मेवारी सम्हाल्ने छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?