चितवनमा ३१ जनालाई डेंगु
चितवन : जिल्लामा ३१ जनामा डेंगुको संक्रमण पाइएको छ। गत आर्थिक वर्षमा एक हजार ९९१ जनाको रक्त परीक्षण गरिएकोमा सो सङ्ख्यामा संक्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार भेटिएका संक्रमितमध्ये १५ चितवनका र अन्य बाहिरका हुन्। भरतपुर महानगरपालिका–१, २, ३, १० र ११ का बासिन्दामा सो रोगको संक्रमण पाइएको थियो। ती क्षेत्रमा बढी सङ्ख्यामा सवारीसाधन मर्मत गर्ने स्थानमा लामो समयसम्म पानी जम्ने भएकाले त्यस्तो स्थान जोखिममा रहेको उनले बताए।
एजेप्टाई र एडिस एल्बोमेक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग रत्ननगर र राप्ती नगरपालिकामा पनि देखिएको छ।
अघिल्लो आर्थिक वर्ष जिल्लामा एक हजार ४८६ जनाको रगत परीक्षण गरिएकामा ५९मा डेंगुको संक्रमण भेटिएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?