बढे सर्पदंशका बिरामी
बारा : लगातारको बाढीपछि जिल्लाका विभिन्न स्थानमा सर्पदंशका घटना बढेका छन्।
दैनिक कम्तीमा आठजना सर्पदंशका बिरामी भर्ना हुने गरेको कलैया अस्पतालले जनाएको छ । अघिल्ल्लो हप्ता दैनिक पाँचजना विषालु सर्पले टोकेका बिरामी आएको कलैया अस्पतालले जनाएको छ।
तराईमा हाल जमेको धमिलो पानी र खेत रोपाइँले गर्दा विशेषगरी सर्पले टोक्ने गरेको स्थानीय बताउँछन्। खुला स्थानमा शौच गर्दा सर्पले टोक्ने गरेको पाइएको छ ।
दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालकाे सेवा प्रवाह चुस्त हुन सकेको छैन। १४ जनाको दरबन्दी रहेको कलैया अस्पतालमा हाल १० जना मात्र चिकित्सक कार्यरत छन्। त्यसमा समेत विशेषज्ञ चिकित्सकको अभाव छ। बालरोग, गाइनो तथा एमडिडिपी गरी तीनजना मात्र विशेषज्ञ चिकित्सक छन् ।
२४ सै घन्टा खुल्नुपर्ने अस्पतालको फार्मेसी जनशक्ति अभावका कारण दैनिक सात घण्टा मात्र खुल्ने गरेको छ। तीनजना फर्मासिस्ट हुनुपर्नेमा एकजना मात्र छन्। त्यसैले बिहान १० बजेदेखि ५ बजेसम्म मात्र खुल्ने गरेको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त