उदयपुरमा दुई एम्बुलेन्स दुर्घटना, ११ जना घाइते
उदयपुर : बिरामी चढेका दुई एम्बुलेन्स दुर्घटना हुँदा गर्भवतीसहित ११ जना घाइते भएका छन्।
उदयपुरगढी गाउँपालिका १ बाट गर्भवती लिएर विराटनगर जाँदै गरेको स १ झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका २ को थलाहा पुलमा बिहान ३ः१० बजे ठोक्किएको हो ।
दुर्घटनामा गर्भवती ३२ वर्षीया सबिना बास्तोला सहित चारजना घाइते भएका हुन्।
दुर्घटनामा सबिनाका श्रीमान् ३६ वर्षीय खेमबहादुर बास्तोला, ३६ वर्षीय सिताराम बास्तोला र २८ वर्षीय नीरबहादुर पुलामी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।
त्यसैगरी झापाबाट उदयपुरतर्फ आउँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स मंगलबार बिहान साढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका ६ चुरेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
झापामा उपचार गरी घर फर्किने क्रममा चुरेमा अनियन्त्रित हुँदा दुर्घटना भएको हो। दुर्घटनामा एम्बुलेन्समा सवार त्रियुगा नगरपालिका ६ का सदरुल मिँया, छोरी २८ वर्षीया सहिजा मिँया, ३५ वर्षीय मोहमद हमिद, ४० वर्षीय सहिपुन खातुन, ७५ वर्षीया हजरा खातुन, त्रियुगा नगरपालिका १२ की ३२ वर्षीया अम्बिका विक र उनका छोरा ११ वर्षीय अशोक बिक घाइते भएका छन्।
घाइते सबैजनाको उपचार जिल्ला अस्पताल उदयपुरमा भइरहेको छ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त